मोटरसाइकलको ठक्करले इन्सपेक्टरको ज्यान गयो

२६ साउन, नवलपरासी (बर्दघाट सुस्ता)

मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए । हिँडिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

वाग्ले काठमाडौं बसुन्धाराका हुन् । उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जनाएको छ ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here