२५ साउन, काठमाडौं
संयुक्त राष्ट्रसंघले तिव्र रुपमा भइरहेको जलवायू परिवर्तनका कारण बढ्दो तापक्रमलाई लिएर चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रसंघले मानवजातिको गतिविधिकै कारण जलवायू परिवर्तन भइरहेकोमा दुईमत नरहेको पनि प्रष्ट पारेको छ । इन्टर गभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा पृथ्वीको औषत सहतको तापक्रम आगामी २०३० सालसम्म १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी दिइएको छ ।
पूर्वानुमान भन्दा एक दशक अगाडी नै तापमानमा यो स्तरको बृद्धि हुनसक्ने पनि औंल्याइएको छ । बढ्दो तापक्रमका कारण विश्वभर आगामी दिनमा मौसमसँग सम्बन्धित डरलाग्दा विपद्हरु आउने प्रतिवेदनले संकेत गरेको छ । त्यसो तर विश्वभर यसअघि नै हिउँ पग्लने, समुद्रको स्तर बढ्ने, अम्लीकरणमा अपरिवर्तनीय परिवर्तन जस्ता भयानक परिणामहरु देखा परेका छन् ।
आइपीसीसीको नेतृत्व गरिरहेका भ्यालरी म्यासन डेलोमोटले केही परिवर्तन सय वा हजारौं बर्षसम्म जारी रहने समेत बताएका बीबीसीले जनाएको छ ।
उत्सर्जनमा कमी गर्न सके यस्ता परिवर्तनलाई सुस्त गर्न सकिने उनको भनाई छ । वायुमण्डललाई तताउने ग्याँसको उत्सर्जन जून रुपले भइरहेको छ त्यसले पछिल्ला दुई दशकमा नै तापक्रमको स्तर सीमाभन्दा नाघिसकेको छ ।
आईपीसीसीको रिपोर्टअघि अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले विद्यमान अवस्थालाई हेर्दा यो शताब्दिकै अन्तसम्म जलस्तर दुई मिटरसम्म बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरुले ग्रीनहाउनको उत्सर्जनमा भारी कटौती गरेर बढ्दो तापक्रमलाई स्थिर गर्न सकिने आशा पनि व्यक्त गरेका छन् ।