श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्ति अदालतबाट दोषी ठहर

२५ साउन, काठमाडौं
जिल्ला अदालत धनुषाले श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई दोषी ठहर गरेको छ । सोमबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको हो ।

सोही घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई सफाई दिइएको छ । अदालतले सरकारी वकिलबाट प्रतिवेदन माग गरेको छ । सरकारी वकिलले प्रतिवेदन पेश गरेपछि दोषि ठहर भएका साहलाई सजाय तोकिने अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले बताए ।

गत कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर संजीवले २६ वर्षीया श्रीमती आरती साह र तीन वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए भने संजीवको बयानका आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्ता पछि पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here