२५ साउन, काठमाडौं
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।
सोमबार महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रीय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझैं पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।
तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकतालाई अझैं बचाउन सकिने निष्कर्षमा पुगेको वरिष्ठ नेता पौडेलले बताए । त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यक्ता समेत उनको भनाई छ ।
बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धी विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ ।