एमाले विद्यान संशोधन प्रस्ताव : महाधिवेशनबाट अध्यक्षमात्र चुनिने

स्थायी कमिटी खारेज

२५ साउन, काठमाडौं
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव छलफलका लागि तल्लो कमिटीमा पठाउने निर्णय गरेको छ ।

प्रस्तावित विधानमा केन्द्रीय कमिटीका अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशनबाट चुनिनेछन् भने केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीले मनोनित गर्ने प्रावधान राखिएको छ । यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुने पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रस्तावित विधानमा पदाधिकारीको संख्यामा भने खासै फेरबदल गरिएको छैन । प्रस्ताव अनुसार अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुनेछन् । अहिले एमालेको विधानमा अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव महाधिवेशनबाटै निर्वाचित हुने व्यवस्था छ । उनीहरु सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

विधान संशोधन प्रस्तावमा स्थायी कमिटी खारेज गर्ने, पोलिटब्युरो र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख गरिएको छ । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीहरुमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहनेछन् । सबै कमिटीमा अध्यक्ष र सदस्यहरु अधिवेशनबाट चुनिनेछन् भने पदाधिकारी सम्बन्धित कमिटीले मनोनित गर्नेछ ।

केन्द्रीय महाधिवेशन ५ वर्षमा, प्रदेश अधिवेशन ४ वर्षमा, जिल्ला र पालिका अधिवेशन ३ वर्षमा र मातहतका कमिटीको अधिवेशन २ वर्षमा गर्ने प्रस्तावमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here