कर्मचारीको नयाँ तलबमान स्वीकृत, गोविन्दप्रसाद शर्मा सचिवमा बढुवा

२५ साउन, काठमाडौं
सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ । आर्थिक बर्ष २०७८ ७९ को बजेटमा कर्मचारीको तलब बृद्धि गरिएको थियो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिव पदमा बढुवा गरी गरेको छ । शर्मालाई आजै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री कार्कीले बताए ।

उनका अनुसार मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका उपसचिवहरू सुदीप भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्री सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here