झण्डै १० लाख रुपैंया नक्कली नोटसहित तीनजना पक्राउ

२५ साउन, काठमाडौं
प्रहरीले करिब १० लाख बराबरको नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई रौतहटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बट्टेश्वर गाउँपालिका–४ धनुषाका शत्रुधन वरई ठाकुर, बर्दीबास नगरपालिका–९ महोत्तरीका रन्जित महतो र भङ्गहा नगरपालिका–४ महोत्तरीका दिपेन्द्र कुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले ईशनाथ नगरपालिका–४ कालिमन्दिर नजिकै चेकजाँच गर्ने क्रममा एक हजार दरका ९ लाख ९३ हजार रुपैंया नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here