चौबिस घण्टामा ३ हजार ६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

२५ साउन, काठमाडौं
देशभर पछिल्लो २४ घण्टामा ३६ सय बढी कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार ५९४ वटा नमुना परिक्षण गर्दा ३ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ । यस अवधिमा १ हजार ७८४ जना संक्रमित निको भएका छन् ।

आज थप २२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण देशभर ज्यान गुमाउनेको सख्ंया १० हजार ११५ पुगेको छ । हाल ३२ हजार ९०७ जना सकृय संक्रमित होम आइसोलेशन र ३ हजार ३८१ जना संक्रमित संस्थागत आइसोलेशनमा छन् ।

सकृय संक्रमितमध्ये गम्भिर अवस्थाका ७४१ जना सघन उपचार कक्ष अर्थात आइसीयूमा उपचाररत रहेकामा १८६ जना भेन्टीलेटरमा रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here