२५ साउन, काठमाडौं
दाङमा सोमबार दिउँसो ग्वारखोलाले खोलाले बगाउँदा आमाछोरोको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बगाउँदा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनका २ वर्षीय छोरा रुद्र रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दिउँसो करिब २ बजेतिर ग्वारखोलाले उनीहरूलाई बगाएको दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार आमाछोराको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।