२५ साउन, काठमाडौं
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन साँठगाँठ गरेर संविधान बिरोधी काम भएको टिप्पणी गरेका छन् । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको विश्वास नगरेर अपवित्र गठबन्धन गरेको उनको आरोप छ ।
‘प्रणाली विकासमा होइन अपवित्र गठबन्धनको विकास भएको छ । त्यो गठबन्धनको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिका विरूद्व आक्रमण गर्नमा केन्द्रीत भएको छ’ तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘त्यस्तो गठबन्धन लोकतान्त्रिक गठबन्धन भनेर हिडेँका छन् ।’
सत्तापक्षले लोकतन्त्रको नाम गरेर अलोकतान्त्रिक गठबन्धन निर्माण गरेको ओलीको आरोप छ । ‘प्रतिक्रियावादी, प्रतिगामी, अलोकतान्त्रिक, गठबन्धनको मेलमिलाप भएको छ’ उनले भने ।