२५ साउन, काठमाडौं
सेयर बजारको कारोवार मापन गर्ने नेप्से परिसूचक सोमबा झिनो अंकले वृद्धि भएको छ । नेप्से १.४७ अंकले बढेर ३१०९.६० बिन्दुमा अड्डीएको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटीभ इन्डेक्स भने २.०६ अंकले घेर ५७५.९४ बिन्दुमा झरेको छ ।
नेप्से परिसूचक १ अंक वरपरको बृद्धिमा अल्मलिएपनि खरिदबिक्री रकममा उत्साह कायमै छ । कारोबार अवधिभर २२४ कम्पनीको १४ अर्ब १३ करोड ७३ लाख ३८ हजारको कारोबार भएको छ । २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
कारोवारमा सुचिकृत १३ मध्ये ५ उपसमूहगत सूचक वृद्धि भएको छ । आज विशेषगरी हाइड्रोपावर र फाइनान्स समूहमा भने तेजी देखिएको छ । यी समूहका कतिपय कम्पनीहरुको भाउ १०% ले बढेर सर्किट लागेको छ ।
९ कम्पनीको भाउमा सर्किट लागेको छ । खरिदबिक्री रकममा अगाडी रहेको अरुण भ्याली हाइड्रोपावरले ६७ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोवार गरेको छ ।