२५ साउन, काठमाडौं
संरक्षित वन्यजन्तु जस्तो देखिने जिवित भैंसेगोहोरो सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोसी गाउँपालिका–५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।
संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा उक्त भैंसेगोहोरो सहित पक्राउ गरी उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको व्यूरोले जनाएको छ ।