२५ साउन, काठमाडौं
नेपाली बजारमा लगातार ओरालो लागेको सुनको भाउ सोमबार एक हजार रुपैंया घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन हिजो प्रतितोला ९० हजार रुपैँया थियो । यस्तैगरी हिजो ८९ हजार ५५० रुपैँया रहेको तेजाबी सुन प्रतितोला ८८ हजार ५५० मा झरेको छ । चाँदी २५ रुपैँया घटेको छ । आज चाँदीको भाउ १२ सय १५ प्रतितोला रहेको महासंघले जनाएको छ ।
आजको मूल्य पछिल्लो चार महिनायताकै कम हो । गएको चैत २६ गते छापावाल सुन ८९ हजार र तेजाबी सुन ८८ हजार ५०० रुपैंया प्रतितोला थियो ।
बैशाखयता लगातार बढेर सुनको भाउ ९४ हजार नाघेको थियो । जेठ २० गते छापावाल सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन ९४ हजार ४०० रुपैँया थियो । साउन ५ गते ९३ हजार २०० प्रतितोला रहेको सुनको मूल्य त्यसयता विस्तार घट्दै गएको हो ।
अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा लगातार घटिरहेकाे छ ।