ठाकुरलाई अध्यक्ष र महतोलाई वरिष्ठ नेता सहित १६ कार्यकारिणी सदस्य बर्खास्त

२५ साउन, काठमाडौं
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ ।

आयोगमा जसपाको आधिकारिकता पाएको उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको हो । अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन् र उपेन्द्र यादव एकजना मात्र अध्यक्ष कायम भएका छन् ।

ठाकुर पक्षका १६ जनाबाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएको छ । यससँगै ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्यमात्र भएको छ ।

निर्वाचन आयोगमा ५१ जना कार्यकारिणी सदस्यको हेडकाउन्ट गर्दा विपक्षमा उभिनेहरुको अध्यक्ष यादव पक्षले कार्यकारिणी समितिबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here