जसपाबाट निष्कासित तीन सांसदको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

२५ साउन, काठमाडौं
सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासित लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पूर्वसांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नेकपा (एमाले) का नेता एवम् मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएपछि जसपाले उनीहरूलाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च गएका थिए ।

सर्वोच्चले उनीहरुको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग कारण देखाउ आदेश जारी गरेकाे छ । अन्तरिम आदेश दिन पर्ने नपर्ने भन्ने निष्कर्षअघि छलफल गर्न अदालतले भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ ।

सर्वोच्चले तीन सांसदका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार संकटमा परेको छ । विपक्षी गठबन्धनले गत सोमबार नै बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाइसकेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८० सांसद रहेकामा मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसदमात्रै छन् भने विपक्षी गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here