एमाले स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित

२५ साउन, काठमाडौं
नेकपा (एमाले) स्थायी कमिटी बेठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

विधान संशोधन प्रस्ताव स्थायी कमिटीले पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दैछ । बैठकमा स्थायी कमिटीले पास गरेका दस्तावेज छलफलका लागि पेश हुनेछन् ।

स्थायी कमिटी बैठकमा आजपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष उपस्थित थिएन । आन्तरिक विवाद समाधान नहुँदासम्म संस्थापन पक्षले बोलाएको बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here