देउवा असफल व्यक्ति भएको पौडेलको आरोप

२५ साउन, काठमाडौं ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति इंकित गर्दै असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘ यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

पौडेलले वर्तमान नेतृत्वले कांग्रेस पार्टीलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पु¥याएको आरोप लगाएका छन् । पौडेलले पार्टीलाई निरिह अवस्थामा पु¥याउने नेतृत्वको चरम असफलता र लापरबाही यो भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन् ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु¥याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ?’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here