२३ साउन, काठमाडौं
जनता समाजवादी पार्टी नेपालका नेता महन्त ठाकुरले उपेन्द्र यादवले पार्टी एकलौटी रुपमा चलाउन खोजेको आरोप लगाएका छन् ।
जनकपुरधाममा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले राजपा र सपाबीच एकताका बेला आधा–आधा भागबण्डा हुने सम्झौता भएपनि यादवले जालझेल गरी पार्टी एकलौटी रुपमा चलाउन चाहेको बताए । । अध्यक्ष यादव फेरि भुलभुलैयामा परेर पार्टी कमजोर पार्नेतर्फ लागेको उनको आरोप छ ।
ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको समेत बताएका छन् । भेलामा जसपाका अर्का नेता राजेन्द्र महतोले उपेन्द्र यादवको कारण पुनः मधेशको एकता कमजोर भएको बताए ।