२३ साउन, काठमाडौं
उदयपुरमा रुख ढलेर लाग्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा दनुवार रहेकी छिन् । रुखले थिचेर उनका श्रीमान श्याम दनुवारसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधेरी झर्ना नजिकै मक्किएको रुख ढलेर थिच्दा निशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार रुख ढलेर एउटा अटो र एउटा मोटरसाइकललाई थिचेको थियो ।