२३ साउन, काठमाडौं
हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकामा सामूदायिक विद्यालय फेरी बन्द गरिएको छ ।
जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएका विद्यालय जिल्लामा कोभिड–१९ का संक्रमित नघटेपछि पुनः बन्द गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए।
ति गाउँपालिकाहरुमा गत असार २९ गतेयता छुट्टा छुट्टै मितिदेखि विद्यालयहरु खुलेका थिए । तीन गाउँपालिकाका ६६ वटा विद्यालय पुनः बन्द गर्न लागिएको हो । अ
हिले त्यहाँका गाउँहरुमा कोरोना संक्रमणका लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको संख्या बढीरहेको बताइएको छ ।