कालीकोटमा १० दिन थपियो निषेधाज्ञा

२३ साउन, काठमाडौं
कोरोना संक्रमण फैलावट रोक्नका लागि कालीकोटमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ ।

निषेधाज्ञा भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठका अनुसार पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि गएको राती १२ बजेदेखि सकिएको थियो ।

निषेधाज्ञा अवधिभर पालना गर्नुपर्ने नियममा कुनै परिवर्तन गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here