२३ साउन, काठमाडौं
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको छ ।
‘नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन’ले विदेशी भूमिमा अध्ययन गरिरहेका एवं अध्यापन गर्न जाने नेपाली विद्यार्थीहरुले भोग्नुपर्ने समस्याको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो । हाल बंगलादेशमा करिब ५ हजार नेपाली विद्यार्थीले चिकित्सा विषय अध्ययन गरिरहेका छन् ।
विद्यार्थीलाई कुनै न कुनै समस्या परिरहेको भन्दै प्रधानमन्त्री देउवालाई ७ बुँदे ध्यानाकर्षणपत्र बुझाइएको एशोसियसनका अध्यक्ष नवीन यादवले बताए ।
उनका अनुसार बंगलादेशमा रहेका नेपाली विधार्थीलाई यथाशिघ्र भ्याक्सिनको व्यवस्थापनका निम्ति आवश्यक पहल गरिदिनुपर्ने, पिजि अध्ययनरत चिकित्सहरुको उचित मुल्यांकन गरि अन्य देशको नागरिक सरह ‘स्टेपहाइण्ड’ को व्यवस्थाको लागि आवश्यक पहल गरिदिन लगायतका विषय उल्लेख ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।