२३ साउन, काठमाडौं
देशभर शनिबार ३ हजार २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा १३ हजार ५७३ वटा नमूनाको परीक्षण गर्दा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार थप १९ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमानेको संख्या १० हजार ३८ पुगेको छ । पछिल्लो विवरण अनुसार गत २४ घण्टामा १ हजार ७ सय २२ जना संक्रमित निको भएका छन् ।
हालसम्म कुल संक्रमितको ९३.६ प्रतिशत अर्थात ६ लाख ६७ हजार २७० जना संक्रमित निको भएका छन् । अहिले देशभर संक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ छ ।
देशभर ७४६ जना गम्भिर अवस्थाका संक्रमित आइसीयूमा उपचाररत रहेकामा १६९ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।