२३ साउन, एजेन्सी
अमेरिकाका ५० प्रतिशत नागरिकले मात्र कोभिड–१९ को खोप लगाएका छन् ।
विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुक अमेरिकाका आधा जनसंख्याले मात्र खोप लगाएका त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
खोप लगाउनेको संख्या तीव्ररूपमा बढ्दै जाने अपेक्षा गरिएपनि अपेक्षित रूपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विशेष अनुरोध गर्दै आएको छ । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ ।
अधिकारीहरुका अनुसार दुई हप्ता अगाडी ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका थिए । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो ।
कोरोनाभाइरसका विभिन्न भेरियन्टबाट अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन । तिमध्ये ६ लाख ३२ हजा बढीको मृत्यु भइसकेको तथ्यांक छ ।