बाढीबाट विस्थापितलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन राप्रपाको माग

२३ साउन, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोकमा बाढीबाट विस्तापित भएकाहरुलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउन माग गरेको छ ।

शनिबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाउंदै नेतृत्वको प्रतिनिधिमण्डलले बाढीबाट क्षतिग्रस्त मेलम्चिको पुनर्निर्माणमा सम्पूर्ण ध्यानक केन्द्रीत गर्न ध्यानाकर्षण गरेको हो ।

राप्रपाले बाढीबाट मृत्यु भएका र बेपत्ता भएकाहरुको परिवारलाई उचित राहत उपलब्ध गराउन, बाढीले पुर्याएको व्यक्तिगत धन सम्पतीको क्षतिको यथार्थ तथ्यांक तयार गरि उचित क्षतिपूर्तिसहितको दिर्घकालिन प्याकेजको घोषणा गर्न पनि माग गरेको छ ।

हालसम्म विस्थापित भएका परिवारलाई सुरक्षित स्थानको पहिचान गरि पुनस्र्थापित गर्न, बाढीको कटानबाट खेतीयोग्य जमीन जोगाउनको लागि तत्काल तटबन्ध निर्माण कार्य अगाडी बढाउनपनि राप्रपाले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ ।

बाढीले बगाएको स्थानीय पुल, सडक, विद्युत, खानेपानीलगायतका स्थानीय पूर्वाधार पुनर्निर्माणमा ढिलाई नगर्न सरकारसँग आग्रह गरिएको राप्रपा अध्यक्ष राणाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here