खोप केन्द्रमा भिड बढ्यो, सर्वसारणलाई सहज हुनेगरी व्यवस्था गर्न मन्त्रालयको आग्रह

२३ साउन, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा भइरहेका भिडभाडप्रति चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले खोपकेन्द्रमा भिडभाड हुन नदिन उचित व्यवस्था गर्न सरोकारवालालाई अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गर्न आग्रह गरेका हुन् ।

मन्त्रालयले हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here