एसईईको नतिजा सार्वजनिक

२३ साउन, काठमाडौं
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा प्रकाशित गरेको हो । बोर्डले देशभरबाट विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ प्राप्त गर्न सकिने बताएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here