२३ साउन, काठमाडौं
ललितपुरकाे बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
कान्तिलोकपथ अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ३ मास्खोलामा बा ४५ प ४९०६ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी काठमाडौंको कलंकीका ४८ वर्षीय निरज खनालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार धोबीघाटका ४७ वर्षीय निरञ्जनसिंह हमाल घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार उनीहरु कान्तिलोकपथ हुँदै मकवानपुरकाे हेटौंडा जादै गर्दा दुर्घटनामा परेका हुन् ।