सरकारको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने

२३ साउन, काठमाडौं
सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ ।

कार्यदलले न्यूनतम साझा कार्यक्रम र कार्यविधिको प्रतिवेदन शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुलाई बुझाइसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले भोली कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले सरकारका प्राथमिकताहरू निर्धारण गर्दै तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ नाम दिइएको प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएको बताइएको छ ।

शनिबारको बैठकमा प्रधानमन्त्री देउवासहित गठबन्धनमा आबद्ध दलका नेताहरु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमोर्चाका सांसद पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here