अफगानिस्तानमा सरकारी मिडिया प्रमुखको गोली हानी हत्या

२२ साउन, काठमाडौं
अफगानिस्तानमा तालिबान लडाकुले गोली हानी सरकारी मिडियाका प्रमुखको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो राजधानी काबुलको डारूल अमान रोडमा सरकारी मिडिया तथा सञ्चार विभागका प्रमुख दावा खान मिनापालको हत्या गरिएको अन्तराष्ट्रीय संचारमाध्यमहरुले जनाएका छन् ।

अफगान गृहमन्त्रालयका प्रवक्ता मिरवाईज स्तेनकजईले केही अज्ञात बन्दुकधारीहरुले स्थानीय समयअनुसार शुक्रबार दिउँसो साढे १ बजेतीर नमाजका क्रममा सरकारी मिडियाका एवं एन्फर्मेशन सेन्टरका निर्देशक दवा खा मनिपालको हत्या गरिदिएको बताएका टोलो न्यूजले उल्लेख गरेको छ ।

मिनापालले अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतीका प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरेका थिए । तालिबानले आफ्ना लडाकुले मानिपालको हत्या गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here