कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस

२२ साउन, काठमाडौं
कोरोना संक्रतिको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

संक्रमण फैलिँदै गएपछि सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु’ श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कक्षा–१२ को परीक्षा सम्बन्धमा पुनः विचार गरेर निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकेको छ । कक्षा १२ को परीक्षा साउन ३२ गतेदेखि संचालन गर्ने मिति तय गरिसकेको   थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here