दैलेखमा भैंसी किन्ने बहानामा आएकाबाट लुटपाट

२२ साउन, काठमाडौं
दैलेखको एउटा गाउँमा भैँसी किन्ने बहाना गरेर आएका अज्ञात व्यक्तिहरुले लुटपाट गरेका छन् ।

जिल्लाको भैरवी गाउँपालिका–१ रावतकोमा बिहीबार राति भैँसी किन्ने बहानामा आएर तीन जना अज्ञात व्यक्तिहरूले स्थानीय सेते खत्रीको घरमा लुटपाट गरेका दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई औषधि खुवाएर बेहोस बनाई लुटेराहरुले लुटपात गरी भागेका थिए । सेतेकी श्रीमती ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री बेहोस भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनीहरु अस्पतालबाट उपचार गरी घर फर्केर आएपछि मात्र लुटपाट भएकोबारे खुलेका दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here