कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गते बस्ने

२२ साउन, काठमाडौं
नेपाली कांग्रेसले साउन २८ गते बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक साउन २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृण्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु बैठकमा उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here