२२ साउन, काठमाडौं
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी ) लाई स्पष्टीकरण सोधेको छ ।
डीडीसीले उपभोक्तालाई म्याद गुज्रिएको बटरबाट बनेको घिउ बिक्री गरेको विषयमा मन्त्रालयले चारदिनभित्र स्पष्टीकरण दिन भनेको हो । बटर प्रकरणमा के भएको हो भनेर स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास सचिव डा. कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार डीडीसीको लिखित जवाफपछि बटर प्रकरणमा मन्त्रालयले धारणा सार्वजनिक गर्नेछ ।