२२ साउन, काठमाडौं
सर्लाहीको लालबन्दीमा खेलाडी सवारी गाडी दुर्घटनामा परेको छ । लालबन्दी नगरपालिकाको बस्तीपुरबाट लालबन्दी–१६ परवानीपुर जाँदै गरेको डिआई गाडी पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा एकजनाको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अन्य १० जना घाइते भएका छन् ।
निश्चल युवा क्लब लालबन्दी–१६ तिनघरेले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिता खेल्न गएका खेलाडी सवार गाडी दुर्घटनामा परेको बताइएको छ ।
गाडीमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । थप विवरण आउन बाँकी छ ।