बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर घुस रकमसहित पक्राउ

२२ साउन, काठमाडौं
काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर विनोद कुमार पौडेल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो ।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार रुपैंया घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टंगाल कार्यालयको टोली खटिएको थियो । उक्त टोलीले पौडेललाई सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

उनलाई बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here