कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, झण्डै ३५ हजार सकृय संक्रमित

२२ साउन, काठमाडौं
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

आज थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ । गत २४ घण्टामा ३ हजार ७२९ जना नयाँ संक्रमित थपिएका छन् ।

यस अवधिमा निको हुनेको संख्या १ हजार ८८५ रहेको छ । यससँगै हालसम्म निको हुनेको संख्या कुल संक्रमितको ९३.७ प्रतिशत अर्थात ६ लाख ६५ हजार ५४८ पुगेको छ । अहिलेसम्म ३६ लाख ६५ हजार ८३५ जनाको पिसीआर परीक्षण गरिएकोमा ७ लाख १० हजार ५०९ र ३ लाख ४९ हजार ५४३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ६७ हजार ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

आज थप १५ हजार ६७५ वटा नमूना परीक्षण गरिएको थियो । अहिले देशभर ३४ हजार ९४२ जना सकृय संक्रमित आइसोलेशनमा छन् ।

गम्भिर अवस्थाका ७३२ जना संक्रमितको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचार चलिरहेको छ । तिमध्ये १५८ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here