घुस दिन खोज्नेलाई कारबाहीको दायरामा ल्याउने ३६ जना ट्राफिक प्रहरीलाई सम्मान

२२ साउन, काठमाडौं
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३६ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउने प्रहरीलाई शुक्रबार सम्मान गरिएको हो ।

सम्मानित हुनेमध्ये नौजनालाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो । उनीहरुले घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लंघन पश्चात हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।

नगद पुरस्कृतसहित सम्मानित हुनेमा प्रहरी निरीक्षक शंकर खड्का‚ सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय विनोद गोतामे र सन्तोषकुमार शाह रहेका छन् । यस्तै‚ प्रहरी जवान अमर यादव, केशव विष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला र कृष्णबहादुर शाही रहेका छन् ।

यस्तै‚ प्रहरी हवल्दारहरु अशोककुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायणदत्त भट्ट, पदमसिंह धामी, प्रमानन्द यादव, वसन्तकुमार गौतम, वीरेन्द्र कलवार, शम्भु नारायण यादव, शिव नारायण चौधरीलाई खादा ओढाएर सम्मान गरिएको छ ।

प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश विक, प्रकाश थापा, प्रज्ञान केसी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, विजयसिंह ऐर, श्याम सुन्दर यादव, हेमन्तबहादुर खड्कालाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले खादा ओढायर प्रशंसापत्र हित सम्मान गरेका छन् ।

गत आर्थिक वर्षमा घसु दिन खोज्ने १६५ जना चालकलाई कारबाही गरिएको थियो । उनीहरुबाट ९० हजार १५५ रुपैयाँ जरिवाना संकलन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here