पुँजी बजारमा नकारात्मक प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन संसदीय समितिको निर्देशन

२२ साउन, काठमाडौं
पुँजी बजारमा नकारात्मक प्रभाव नपर्ने गरी मौद्रिक नीति तर्जुमा गर्न संसदीय समितिले केन्द्रीय बैंकलाई निर्देशन दिएको छ ।

संसद्को अर्थ समितिको शुक्रबार बसेको बैठकले समग्र अर्थतन्त्रका विषयमा विभिन्न १७ वटा बुँदामा सुझाव तथा निर्देशन दिएको हो । समितिले पूर्वअर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा वर्षमान पुन लगायतको धारणा सुनेपछि यस्तो निर्देशन दिएको हो ।

‘मौद्रिक नीतिमा गरिने व्यवस्थाले पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीतिगत प्रबन्ध गर्ने’ समितिले भनेको छ । केन्द्रीय बैंकले आगामी साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here