२२ साउन, काठमाडौं
तेह्रथुममा एउटा गाउँपालिकाले उपाध्यक्षको ससुराको निधनमा सार्वजनिक बिदा दिएको छ ।
मेन्छयायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराको निधनमा सार्वजनिक बिदा दिइएको हो । गाउँपालिकाले सूचना जारी गर्दै तिम्सिनाका ससुरा कृष्णप्रसाद गौतमको निधनमा आज सबै वडा र विद्यालयमा सार्वजनिक बिदा दिएको हो ।
गौतमको बिहिबार राती मृत्यु भएको थियो ।
उनी कुनै समाजसेवी वा सार्वजनिक विदा नै दिनुपर्ने व्यक्ति नभएपपनि गाउँपालिकाले उपाध्यक्षको ससुरा भएकोले बिदा दिएको भन्दै आलोचना भएको छ ।
गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङ्गले भने उपाध्यक्षको ससुराको मलामी सबै जानुपर्ने भएकाले एक दिनलाई बिदा दिइएको प्रतिक्रिया दिएका छन् ।