मुख्यमन्त्री पाेखरेललाई कारबाही गर्न राष्ट्रिय सभा सदस्यको माग

२२ साउन, काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारबाही गर्न राष्ट्रियसभा सदस्यले माग गरेका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा संलग्न रहेको भन्दै मुख्यमन्त्री पोखरेललाई कारबाही गर्न माग गरेकी हुन् ।

‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको शैलीमा मुख्यमन्त्रीको निवासमा पु¥याएर पाँच दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ’ उनले भनिन् ।

विश्वासको प्रस्ताव सामना गर्न नसक्ने, बजेट पेस गर्न नसक्ने, संसद बहिष्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने, ओली सरकारजस्तै मुख्यमन्त्री पोखरेल पनि आफै अपहरणमा संलग्न भई कानुन विपरीत कार्य गरिरहेको भन्दै उनले कारवाहीको माग गरिन् ।

प्रदेशसभा सदस्य वलीले बिहिबार पत्रकार सम्मेलन अपहरण गरी आफूलाई मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाइएको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here