देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु

२२ साउन, काठमाडौं
देशभर आजदेखि कोभिड-१९ विरुद्धकाे खाेप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

गत असार २९ देखि सञ्चालन भएको अभियान अन्तर्गत पहिलो मात्रा लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई आगामी आइतबारसम्म दोस्रो मात्रा दिइनेछ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले २० लाखभन्दा बढी व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिए ।

काठमाडौँका सबै पालिकामा खोप केन्द्र

यसैबीच स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लामा सबै पालिकामा खोप केन्द्र तोकिएको जनाएको छ । कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार १ लाख ६५ हजार बढी व्यक्तिलाई भेरोसेल खोपको दोस्रो मात्रा दिन लागिएको छ ।

आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने भन्दै स्वास्थ्य कार्यालय काठमाडौं प्रमुख खड्काले दोस्रो डोज खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर लिएर जान आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here