काठमाडौं मेडिकल कलेजले सुरु गर्‍यो रोबोटिक सर्जरी

२२ साउन, काठमाडौं ।

नेपालमा पहिलो पटक काठमाडौं मेडिकल कलेजमा रोवटिक प्रविधिबाट शल्यक्रिया सेवा सुरु हुने भएको छ ।

बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरेर उक्त सेवाको बारेमा जानकारी दिएको हो ।

अस्पतालमा भदौको पहिलो साताभित्र उक्त सेवा सुरु हुने मेडिकल कलेजमा सूचना अधिकारी केशव सापकोटाले बताए । सेवाका लागि एक साताअघि मात्रै अमेरिकाको उपकरण उत्पादक कम्पनीले अस्पतालका न्यूरो सर्जन डा. अमित थापासहितको टोलीलाई रोवटिक न्यूरो सर्जरीको तालिम समेत दिइसकको उनले बताए ।

१० करोडको लगानीमा रोवटिक सर्जरी सेवाका लागि प्रविधि ल्याइएको कलेजका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ ।

सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ । यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ ।

यसअघिको शल्यक्रिया विधिमा सर्जनहरूले शरीरका भित्री अंगहरूको सर्जरी गर्ने बेलामा काल्पनीक थ्रिडी बनाएर काम गर्दै आएको बताइएको छ ।

मेडिकल कलेजका अध्यक्ष डा. शर्माले सार्क राष्ट्रमा भारतपछि दोस्रो पटक नेपालमा यो सेवा सुरु गर्न लागेका बताए । पहिला नै यो सेवा सुरु गर्ने तयारी भए पनि कोरोना भाइरसका कारण गरिएको लकडानले गर्दा उपकरण भित्रिन ढिलो हुँदा सेवामा ढिलाई भएको अस्पतालले जनाएको छ ।

रोवटियन सर्जरीले बिरामी र चिकित्सक दुवैलाई सहज हुने डा. शर्माको भनाइ छ । ‘हाम्रो शरीरका कुनै पनि भागहरू चलाउन मस्तिस्कमा बेग्लाबेग्लै नसाहरू हुन्छन् । परम्परागत प्रविधिबाट मस्तिस्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नसाहरू काटिनबाट जोगाउन निक्कै चुनौति हुन्थ्यो । पुरै टाउको खोलेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो,’ केएमसीका वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाले भने ।

कुनै पनि शल्यक्रिामा सुरक्षा र सही शल्यक्रिया आवश्यक पर्ने भएकोले रोवटियन सर्जरीमा दुवै पक्षको सुनिश्चतता हुने बताउँदै अस्पतालका न्यूरो सर्जन डा. थापाले यो सेवा नेपालको लागि ठूलो उपलब्धि भएको बताए ।

‘सानो प्वाल पारेर मस्तिस्कको जुनसुकै भागमा रहेको ट्युमर निकाल्न सकिन्छ, शल्यक्रियामा कम समय लाग्ने र बिरामी छिटो निको हुने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here