राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच छलफल

२१ साउन, काठमाडाैं

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार अपरान्ह शितलनिवास पुगेका थिए।

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट नियमित भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here