नेपाल टेलिभिजनका अध्यक्ष बिष्टले दिए राजीनामा

२१ साउन, काठमाडौं

नेपाल टेलिभिजनका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले पदबाट राजीनामा दिएका छन्।

बिष्टले संचार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।

उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि टेलिभिजनको अध्यक्ष नियुक्त गरेको थियो । तर उनी तीन वर्ष दुई महिना पदमा रहेर बाहिरिएका छन्।

बिष्टले आफ्नो कार्यकालमा टेलिभिजनका सबै च्यानलहरुलाई एचडी प्रविधिमा रुपान्तरण गर्न सफल भएको उल्लेख गरेका छन्।

सामाजिक संजालमा लेख्दै बिष्टले संस्थानको व्यापार विस्तार गरी तीन वर्ष अघिको तुलनामा करिव ३३ प्रतिशतले बृद्धि गरिएको दाबी गरेका छन्।

यस्तै समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड, कार्यक्रम मापदण्ड, खर्च नियन्त्रण कार्यविधि आदि जारी गर्नुका साथै संस्थाको विद्यमान कानुन, संगठन संरचना, व्यावस्थापकीय शैली र रणनीतिमा परिवर्तन गरिनुलाई उनले आफ्नो उपलब्धी भनेका छन्।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here