छोराहरूलाई अंशवण्डा गर्न मालपोत पुगेकी वृद्धाको मृत्यु

२१ साउन, मकवानपुर

छोराहरूलाई अंशवण्डा गर्न मालपोत कार्यालय मकवानपुर पुगेकी एक वृद्धाको लाइनमा बस्दाबस्दै बिहीबार दिउँसो मृत्यु भएको छ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बार ६ सामरीकी ७८ वर्षीया पञ्चमाया गौतमको मालपोत कार्यालय परिसरमै मृत्यु भएको हो। आफ्नो नाममा भएको जग्गा छोराहरूको नाममा नामसारी गर्न मालपोत पुगेकी गौतम लाइनमै बेहोस भएर ढलेकी थिइन्।

उनको कार्यालय परिसरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here