कक्षा–१२ को परीक्षा अघि विद्यार्थीले सिआइसिटी फारम भर्नुपर्ने

२१ साउन, काठमाडौं
कक्षा–१२ को परीक्षा दिनुअगावै सबै परीक्षार्थीले केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सिआइसिटी) फारम भर्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले उक्त फारम सम्बन्धित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) मा बुझाउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको जनाएको छ । बोर्डले सबै क्षेत्रको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयलाई उक्त फारम सम्बन्धित विद्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

फारम बोर्डको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिने व्यवस्था गरिएको बोर्डको परीक्षा उप–नियन्त्रक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार फाराममा परीक्षार्थीले आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ ।

कोरोनाले रोकिएको कक्षा–१२ वार्षिक परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here