पार्टीमा समान हैसियत नभए फेरिओली प्रवृत्ति हाबी हुन्छ : माधव नेपाल

२१ साउन, काठमाडौं
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समान हैसियत बिनाको पार्टी एकता घातक हुने बताएका छन् ।

आफूनिकट केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले समान हैसियत बिनाको एकता भए पार्टीमा ओली प्रवृत्ति नै हावी हुने बताए ।

आफूहरु पार्टी एकताको पक्षमा रहेको तर सम्मानजनक ढंगले एकता हुनुपर्ने उनको भनाई छ । ‘हामी पार्टी एकताको पक्षमा प्रतिबद्ध छौँ तर, सम्मानजनक ढंगले एकता नगरे ओलीसँग मिल्नु राजनीतिक आत्महत्या हुन्छ’ नेता नेपालले भने ।

नेपाल पक्षको केन्द्रीय कमिटि बैठकमा विघटित कार्यदलका संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका छन् । नेता नेपालको सम्बोधनलगत्तै रावलले हरेक बुँदाका विषयमा बैठकलाई जानकारी गराएका हुन् ।

उनी १० बुँदे सहमतिकै जगमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् । नेपाल पक्षका नेताहरुले १० बुँदे सहमतिप्रति तिब्र असन्तुष्टि व्यक्त गरेकाले रावलले सहमति कसरी भएको र हरेक बुँदाले बोकेको भाव बैठकमा अथ्र्याएका नेता रघुजी पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here