२१ साउन, काठमाडौं
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांक अनुसार आज थप ३७ जनाको मृत्यु पुष्टि भएसँगै कुल मृतकको संख्या ९ हजार ९ सय ९४ पुगेको छ । देशभर आज ३ हजार ९ सय ३८ जना नयाँ संक्रमितको पहिचान भएको छ ।
आज २ हजार १२ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ लाख ६३ हजार ६६३ जना संक्रमित निको भएका छन् । संक्रमणपश्चात निको हुने दर कुल संक्रमितको ९३.७ प्रतिशत रहेको छ ।