२१ साउन, काठमाडौं
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि त्यसको तिब्र विरोध हुन थालेको छ । नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग खारेज गर्ने सरकारको निर्णयको विरोधमा आन्दोनलको घोषणा गरेको छ ।
संगठनले बिहीबार प्रेस विज्ञप्ति निकालेर विरोधका कार्याक्रम सार्वजनिक गरेको छ । संगठनले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने भएको छ ।
यस्तैगरी शनिबार देशभरका भूमिहीन सुकुम्बासी अव्यवस्थित वस्तीहरूमा जानकारी तथा जागरण कार्याक्रम गरिने तथा २४ गते आइतबार जिल्लाभरी विरोधसभा कार्यक्रम गरिने संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूमि सम्बन्धी समस्या समाधाना आयोगल विघटन गर्ने निर्णय गरेको थियो । यसको बिरोधमा सर्लाहीको लालबन्दीमा स्थानीयले रिले अनसन थालेका छन् ।